सोमवार, 29 अगस्त 2016

वाथ रोग, पत्थरी, दाद, चिलाउने रोग, सेतो धुवी जस्ता अनेकौँ रोग निर्मुल बनाउन सबैभन्दा अचुक औषधी बकाईनो !

बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो । एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छ ।

– वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।

– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

– चिलाउने रोगमा: बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।

– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

– दाद रोगमा: पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

– पत्थरी रोगमा: बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।

– जुका परेमा: बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।

– स्त्रीको मासिक धर्म बढी भएमा: बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।

– स्त्रीको मासिक धर्म रोकिएमा: बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

– गर्भाशय शुद्धिका लागि: बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ । - See more at: http://www.dcnepal.com/news/news.php?nid=231348#sthash.wZCvASDh.dpuf

शनिवार, 27 अगस्त 2016

समयको खेल पनि कस्तो अचम्म छ

समयको खेल पनि कस्तो अचम्म छ है!के सोचेको थिए तर के भयो आज समयले नै तिमी संग भेट गरायो समयले नै तिमी देखी टाढा पुरायो। आज तिमी देखी म सात समुन्द्र पारी बिरानो बस्ती मा रहे पनि हरपल हरक्षण मेरो ढुकढुकी बनेर धड्की रहन्छ्यो तिमी मेरो मनको मझेरी मा बसी रहेकी छ्यौ।तिमीलाई नसम्झेको त्यस्तो कुनै पल छैन सानु तिम्रो तस्बीर यो मेरो आखाँ मा कैड गरी राखेको छु सानु अरुले जस्तो सुन चादी हिरा मोतीले सजाएर महलमा राख्न त म सक्दिन तर बाचाँ गर्छु सानु आफुले लाखौ चोट सहेर पनि तिमीलाई यो मेरो झुपडीमा सारा खुशी दिनेछु।यो जन्म त के सयौ जन्म जन्म सम्म पनि म तिमीलाई साथ दिनेछु सानु,जिन्दगीको कुनै मोडमा तिम्रो खुशीको लागी मृत्युलाई अंगाल्न परे पनि हाँसी-हाँसी अंगाल्ने छु।तिमी हिड्ने बाटो भरी फूलै फूल बिछ्याउँन त नसकुँला तर बाचाँ गर्छु सानु तिमी हिड्दा तिम्रो सामु पर्ने हरेक काडाँहरुलाई पन्छाई दिनेछु।यति धेरै माया गर्छु कि म तिमीलाई »»»'तिमी मा पर्ने हरेक प्रहारहरु मैले हाँसी-हाँसी छातीमा थापि दिने छु'«««­अब केहि दिन प्रतिक्षा गर सानु तिम्रो सारा खुशी लिएर आउँदैछ यो pitambar पर्खी बस सानु मुल बाटो हेरेर तिम्रो pitambar लाई सधै तिम्रै होll
पितम्बर पुरी  

शुक्रवार, 26 अगस्त 2016

एस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाइको ठुलो हात हुन्छ ।

श्रीमान श्रीमति एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतिले भनिछन ।
श्रीमति :
कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो एस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ?
श्रीमान:
म.. म... म आमालाई लिन गएको थिए । आमा अब एही बस्नु हुन्छ । यो झोला आमको हो । एस्मा आमको कपडा हरु छ ।
श्रीमति (रिसले जुर्मुराउदै) :
दिमाग त सही छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्‍यो र ? हजुर कै दाजु भाइले हेरी हाल्छन नि, तेसै माथी हजुरको तलब ले के नै हुन्छ र ? छोरा छोरी लाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यि बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न ।
श्रीमान:
तेस्तो न भन, आमाको सेवा गर्नी त हाम्रो धर्म र कर्तब्य हो नि ।
श्रीमति:
आफै बाच्न धौ धौ परेको बेलामा म त सक्दिन । एती भन्दै श्रीमतिले श्रीमानको हात बाट झोला खोसेर बाहिर लगेर फालिदिन्छे । अनि एसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउछे र श्रीमान लाई भन्छे...
...अगिनै भन्न पर्दैन ? मेरो आमा हो भनेर ।
श्रीमान:
तिमीले मलाई बोल्नी मौका का दियौ र ? एकोहोरो आफु मात्र बोलेको बोलै । तिम्रो दाई र भाउजुले तिम्रो आमालाई घर बाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाएर म अफिस न गै कन आमालाई लिन गएको थिए ।
श्रीमति (मुस्कुराउदै)
कती जाती र बुझ्नि हुनु हुन्छ है मेरो प्यारो बुढो । (एती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे)
(एस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाइको ठुलो हात हुन्छ । जुन घरमा नारी समझदार, दयालु र बुद्धिमानी हुन्छे । त्यो घर आफैमा स्वोर्ग हो । सबैले बुझ्न जरुरी छ)

शनिवार, 20 अगस्त 2016

पीडा कहिल्यै मेटिएन

आँसु बने सागर, किनारा कतै देखिएन पीडाको सागरमा डुबिरहेँ मोती कतै भेटिएन । बुझाउन सम्झाउन यो मन, भाषा कुनै भेटिएन अथाह पीडा पोख्न, शब्द कुनै भेटिएन । भाग्यको खेल अनौठो कर्म दासी हुदोरहेछ भाग्य भयो बैरी दुःखले कहिल्यै साथ छोडेन । मृत्युसँग जीवन साट्ने, चाहाना धेरै भयो चाहाना मेट्ने बाटो खोजे, तर समयले साथ दिएन । जीवनको पाइला सँगै पीडाले सधै पछ्याइरह्यो पाइलासँग छाया मेटियो त
र पीडा कहिल्यै मेटिएन.....












                                                                                                                                                                                                 रवि मगर    

तिमी विनाको एक्लो जीवन

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन। 
खुशी बिनाको  खोक्रो हासो  , हास्नु कती दिन।। 
रवि मगर 

तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने। 
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।। 
सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी। 
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन।।
खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन ।।
टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।

जलाउन सक्दिन हाम्रो माया


  • जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मन मसतिष्क भित्र सजिएको छ। च्यातेर फाल्न सक्दिन तिम्रा ति सुनौलो शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । भुल्न सक्दिन ति प्रेमका चौतारा हरु जहाँ मैले आफ्नो वियोगको पिडा बिसाउनु छ । न बिस्रन सक्छु ति छहराहरु जहाँ मैले जलनका आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न स  क्दिन ति तिम्रा नामहरु जुन मेरो नाम सँग जोडिएको छ 

थोरै समयका लागि नजर मा आयौ

थोरै समयका लागि नजर मा आयौ,
केहि समय आखा डुलायौ अनि बिलायौ ।
थाहा छैन फेरी भेट हुन्छ कि हुन्न,
तिम्रो त्यो भाबुक चेहरा, चन्चल आखा ,
 लजालु स्वभाब, कस्तो बिवशतमा पार्यौ ।
बाहिर बाट मायाको फिलुङ्गो मेरो मनमा
सार्यौ ।

मनिषा  राई
धरान, नेपाल 

पिडित मान्छे

"कहिले आँसु सुकेर रोएँ, कहिले मुटु दुखेर रोएँ !!
हिड्दा हिड्दै ठेस लागे कति, कहिले शीर झुकेर रोएँ !!
सोंचेको सबै पुग्छ र कहाँ, कहिले आँफै चुकेर रोएँ !!
रुँदा गलेर थाक्न पाइन, कहिले भाग्य थुकेर रोएँ !!
रुवाइको त ठेकान हुँदो न रै'छ, जहिले रोएँ लुकेर रोएँ...!!!

गन्तब्य बिहिन यात्रामा दौडने जिन्दगि

गन्तब्य बिहिन यात्रामा दौडने जिन्दगि समयको गति सँगै बगी रहेछ, एउटा काल्पनिक सायरी भो यो जिन्दगि कल्पना मै कहाँ कहाँ हराई रहेछ, मिर्त्युलाई काखी च्यापेर हिडेको यो जिन्दगी आशाको भुमरीमा लुछातानी गरि रहेछ, खान र लाउन मै सन्तोस नमान्ने यो जिन्दगी विलाशी महल पो ताकी रहेछ,...

सोच्योउ तिमीले

सोच्योउ तिमीले पराई सँग, खुसि हुदै जिरहेछु !
बुझेनौ नि सानु तिमीले, मैले बिष जहर पिरहेछु !!
छुतियर तिमि संग, बाच्ने रहर कहाँ थियो र,..? !
बाध्यतामा अरुलाई नै, जिबन दान दिरहेछु !!
- रवि मगर 

शुक्रवार, 19 अगस्त 2016

आफ्नो गाउँ देखी आज टाढा रहनु पर्दा नमिठो लागि रहेछ । घरि घरि यही फोटो हेरेर अतित बल्झाउने शाहास गर्छु ।

आफ्नो गाउँ देखी आ
ज टाढा रहनु पर्दा नमिठो लागि रहेछ । घरि घरि यही फोटो हेरेर अतित बल्झाउने शाहास गर्छु ।

सीखा मैंने जीना जीना कैसे जीना

हूँ हूँ.. हूँ हूँ.. [दहलीज़ पे मेरे दिल की जो रखे हैं तूने क़दम तेरे नाम पे मेरी ज़िन्दगी लिख दी मेरे हमदम हाँ सीखा मैंने जीना जीना कैसे जीना हाँ सीखा मैंने जीना मेरे हमदम ना सीखा कभी जीना जीना कैसे जीना ना सीखा जीना तेरे बिना हमदम]x २ हूँ हूँ.. हूँ हूँ.. [सच्ची सी हैं ये तारीफें दिल से जो मैंने करीं हैं]x २ जो तू मिला तो सजी हैं दुनिया मेरी हमदम हो आसमां मिला ज़मीन को मेरी आधे-आधे पूरे हैं गम तेरे नाम पे मेरी ज़िन्दगी लिख दी मेरे हमदम हाँ सीखा मैंने जीना जीना कैसे जीना हाँ सीखा मैंने जीना मेरे हमदम ना सीखा कभी जीना जीना कैसे जीना ना सीखा जीना तेरे बिना हमदम हूँ हूँ.. हूँ हूँ.

प्रकाश सुनार "अन्जान " = हाम्रो गाउँ

हाम्रो गाउँ ====== नवलपरासी को पाहाडी भेगमा त्यो शान्त काली नदी को किनारमा वारिपरी हरियाली बनको बिचमा रमाई रहेछ हाम्रो गाउँ ================== पुर्व हेर्यो छ डेढगाउँ पश्चिम हेर्यो छ बाकामलाङ्ग को डमरा गाउँ दक्षिण हेर्यो रुचाङ्ग गाउँ उत्तर हेर्यो घिरिङ्ग सुन्धारा को बन्टार गाउँ त्यही बिचमा रमाई रहेछ हाम्रो गाउँ ===================== छ त्यहा वारी ठुलो टार पारी छ त्यो खुकुरी टार
सुन्दर आँप का बगैँचाका बिचमा रमाई रहेछ हाम्रो गाउँ ===================== हेर माथि गेरू भिर बाट बग्ने खहरे खोला छ पुर्व हेर बजादी खोला छ बिचमा चिसो पानी खोला छ त्यही बिचमा रमाई रहेछ हाम्रो गाउँ ====================== बदली रहेछ समय संगै पुगिसकेको छ बाटो बिजुली गर्दै छन बिकास गाउँ भरी बढाउदै छन चहल पहल पुग्नु है साथी एकपल्ट हाम्रो गाउँ सुन्दर प्रकृति संग रमाई रहेछ हाम्रो गाउँ ====================== प्रकाश सुनार "अन्जान " रकुवा ३ नवलपरासी हाल कतार

गुरुवार, 18 अगस्त 2016

आज भोलि डर लाग्छ!

आज भोलि म कसै सँग बोल्न डर लाग्छ!
मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ!!
आफैले आज आफुलाई, मात्र विस्वास गर्छु!
हिउदे भेलको गहिराई पनि तर्न डर लाग्छ!!
रवि मगर

खै के को लागी हो यो संघर्ष म आफै लाई थाहा छैन

खै के को लागी हो यो संघर्ष म आफै लाई थाहा छैन, आखिर मरेर साथमा लाने त केही पनि हैन, साएद जिउनको लागी नै यो सब गर्दै छू होला, .......अब को नया दिन हरु मा जिन्दगीलाई नया बाटो तर्फ मोड़ने कोसिस गर्दै छू, खै कतिको सफल हुन्छु त्यों पनि थाहा छैन... प्रयास भने जारी रहने छ 
रवि मगर 

हराउँदै छ माया ममता

त्यो पन्छि त्यो जनवार यो मानव हेर रगत रातै छ हेर जनवार पन्छि को ब्यबहार कति मायाँ ममता छ कति राम्रो सम्बन्ध छ बिस्वास छ मानव मा हेर जताततै जतासुकै कलह छ बिग्रिएको भताभूङ्ग भएको सम्बन्ध छ जताततै स्वार्थ भाव ले ओतप्रोत छ छि घृणा लाग्छ मलाई देखेर मानव रुपि दानव हरु देखेर लुछाचुणी गर्दैछन् थोत्रो आडम्बर का हड्डि हरु किन बुझ्दैन मानव ले ति मायाँ ममता हरु लाई..... किन हुन्छ मानव भित्र बिभेद हरु

किन आफ्नै लाई बौरी बनाउदै छ

उसलाई खाई सक्यो घमण्ड ले बुझेको छैन अझै रगतको होली खेल्दै छन भिडदै छन लडाईँ गर्दै छन दुष्ट मानव का हुल हरु देखेर तिन्का आचरण देखेर घृणा लाग्छ आजभोलि हेर सिक त्यो जनावर पन्छि ब्यबहार खै किन मानव यस्तो हुदैछ निर्दयी बन्दै छ ? मायाँ ममता खै कतै देखि दैन प्रकाश घिमिरे सुनार रकुवा ३ नवलपरासी हाल कतार

मायाँ का कुरा

मायाँ का कुरा

पाएँ मायाँ हजारौँ को छैन भर कोही कसैको
दिए मायाँ कसैलाई आज मुटु दुख्ने घाउ भो
भन्थेउ तिम्रै नामको सिन्दुर पोते तिम्रै नामको चुरा
छोडी जाने निष्ठुरी रैछ धेरै मिठा मिठा कुरा
मन भित्र राख्दा पनि आफै हो भन्दा पनि
गयौ किन आज तिमी यति सारो निष्ठुरी नै बनि
मनले मनलाई नबुझे पछि बाचा कसम तोडे पछि
सताउने छ तिमीलाई समयले डाँडै काटि सकेपछि
भन्थेउ तिम्रै नामको सिन्दुर पोते तिम्रै नामको चुरा
छोडी जाने निष्ठुरी रैछ धेरै मिठा मिठा कुरा

रकुवा ३ नवलपरासी

जनै पुर्णिमाको मंगलमय शुभकामना !!

सम्पुण मित्र हरु मा जनै पुर्णिमाको पावन अबसरमा हार्दिक
मंगलमय शुभकामना !!
@@@-Happy Raksha Bandhan-@@@

धागो छिनेको चङ्गा भए मन गाँसुम कसरी

धागो छिनेको चङ्गा भए मन गाँसुम कसरी



रुँम भनेनी आँशु छैन् झन हाँसुम् कसरी 
मन भरि चोट बोकी झन बाँचुम कसरी 
तिम्रो आकाश उस्तै उस्तै मेरो धर्ति जस्तै 
भत्काइहाल्यौ आँगन मेरो झन नाँचुम कसरी 
सँग संगै गर्छु भन्थ्यौ नमेटिने यात्रा हाम्रो 
धागो छिनेको चङ्गा भए मन गाँसुम कसरी
How to upload Blogger templates 1. Download your Blogger XML template from BTemplates.com. The template is contained in a zip file (winzip, winrar), ensure you have extracted the XML template. 2. Log in to your Blogger dashboard and go to Layout > Edit HTML 3. Ensure you back up your old template in case you decide to use it again. To do this, click on the "download full template" link and save the file to your hard drive. 4. Look for the section near the top where you can browse for your XML template: 5. Enter the location of your template and press "upload". 6. The HTML of your new template will now appear in the box below. You can preview your template or simply save to start using it! 7. Enjoy! Templates/Layouts in http://btemplates.com