बाध्यता संगै पराई ठाउँ को यात्रा मा भोग्नु परे को पिडा, कथा, बेथा, भावना,गजल, कविता, लेख को संग्रह
रविवार, 4 सितंबर 2016
मि बिना को मेरो एक्लो जिबनको कुनै अर्थ छैन
खै मेरा शब्द र अछेर हरु जतिनै मार्मिक शैलिमा कोरिएर तिमिशामु पुगेता पनि आखिर तिम्रो चित्तबुझाऊन शकिरहेका छैनन! हेर सफल जिबनयात्रा को मिठो कल्पना बोकेर भौतारिदै हिडेको पनि आज बर्शो बित्यो तर पनि बर्तमान जिबनमा कुनै परिबर्तन ल्याउन न शक्दा आज दुखि भयको छु ! आज म आफै बिबशताको कैदि भयको छु ! बिगत तिर फर्केर हेर्दा जिन्दगिको उत्थानमा पहल गर्ने समय प्रयाप्त हुननशक्दा आज तिमिबाट टाढा भयको छु ! आखिर जिन्दगि हो बाच्न त बाचेकै छु बेदना र छटपटिलाई अँगालो मारेर अनि काउकुति को ऊमंगमा फुल्दै गरेको तिम्रो यौबनमा बाहार ल्याउने मिठो आशामा हरेक मोड घुम्ति र अनेकौ जटिलता शँग शंर्घस गर्दै निरन्तर अघिबढि रहेको छु ! प्रिय जिबनको बाश्तबिक घटनालाई स्पश्ट पार्दै शुनौलो भबीश्याको लामो पर्खाईमा पर्खि रहेका याद र शम्झना हरुलाइ बर्तमान परिश्थिति भित्र शमझौता गरेर ऊज्जल भबिश्या को लागि म भित्र गुम्सिएका शमश्त ईच्छा चाहना र आकांछ्या हरुलाई खाडिको यो उजाड मरुमुमि नुनिलो पानि र बालुवामा होम्दै गतिशिल शमयको प्रबाह शँगै प्रगतिशिळ पाईलाहरु अघिबढाऊने क्रम लाई निरन्तरता दिईरहेछु !" भोलि तिमिसंगको शुन्दर भबिश्या को मिठो परिकल्पना बोकेर तिम्रो न्यानो माया पाऊने आशै आशामा एक मुठ्ठि श्वाश बचाई राखेको छु आशा छ मेरो मायालाई यथाबत मनमा जोगाई राख्ने छौ !! म मात्र शदाबाहार तिम्रै लागि बाचेको छु अनि ह्रदयका हरेक पाना पानामा केबल तिम्रा मिठा याद र संमझना अबिश्मरणिय छन मेरो जित मेरो हार मेरो सुख दुखका हरेक पल हरुमा केबल तिमि नै तिमि छौ म मात्र तिमि भित्रको सिमित शंशार बाँचिरहेछु तिमि बिना को मेरो एक्लो जिबनको कुनै अर्थ छैन जिबन भोगाई का शारा पिर ब्याथा भुलेर मात्र तिम्रै निम्ति बाचिरहेछु ",....
रवि मगर
.एक्लै बासिरहेको छु पीर वेथामा बर्षातको झरि झै बार्षिएको तितो सत्यले भरिएको नुनिलो दुई थोपा आँसु पिउदै असफल मायाको प्यास मेटाउने आशाहरुमा
एक्लै बासिरहेको छु पीर वेथामा बर्षातको झरि झै बार्षिएको तितो सत्यले भरिएको नुनिलो दुई थोपा आँसु पिउदै असफल मायाको प्यास मेटाउने आशाहरुमा । कता कता पतझडमा झरेको पात झै हावामा उडे झै लाग्छ यो मन, मनमस्तिकस् हरु त्यसै त्यसै सोच्न नसकिने गरि शिथिल भए जस्तै लाग्छ, कतै घना जंगलमा हराए झै लाग्छ, कतै पानी नै पानीले भरिएको समुन्द्र बिचमा खस्ना लागे झै यो मन त्यसै त्यसै डराईरहेको छ । डरले होला पसिना चिपचिप्ति चुईरहेको छ, जिऊ भरि आगो लागे झै भतभति पोलिरहेको छ, यो भित्रि मन जलेर खरानि भए झै लागिरहेको छ, नयनहरु वारिपारि बिजुलि जम्के झै चम्किरहेको छ, आँङ भरि बिजिलि करेन्ट लागे झै झिरिङ झिरिङ भैरहेको छ, हात गोडाहरु डरले होला व्यर्थै लकलक्ति काँपिरहेको छ किन मलाई यस्तो भान भैरहेको छ कसैले मेरो केहि खोसेर लगे जस्तै लागिरहेको छ ? किन आज माया प्रेम र जिन्दगिको अर्थ विनाको परिधिमा मेरो यो मन अल्झिरहेको छ ? किन माया प्रितमा यस्तै हुन्छ त ? यो संसारम जस्को कुनै सिमा छैन, नाप तौल अनि कुनै प्रमाणा छैन फेरि पनि किन माया र जिवानको यति गाढा सम्बन्ध छ त ? र यि दुई को द्वन्दमा किन कसैले शन्क्ति पाउन सकिरहेको छैन त ? किन अकाश गर्झे झै गर्झिरहेको छ ?? किन माया प्रेममा अविरल बगिरहने खोलिको दुई किनारा झै बगिरहनु परेको छ ?
रवि मगर
जिवान बाध्यात हो भने किन आशाका कोपिलाहरु फुले त ?
जिवान बाध्यात हो भने किन आशाका कोपिलाहरु फुले त ? बाध्याता र परिस्थिति संग लड्दै थिएँ किन चहान बनि फुलि रहे त ? मलाई बाध्याता र चहाना बिचको अन्तर थाह् थिएन फेरि किन बाध्याता र चहानाको दर्शक बनाई पठायौ ? लाखौं थिए होला तर म उहि बैरागि, अन्जान, निर्दोष "एस" लाई नै यिनिहरुको दर्शक बनाई पठायौ तिमिले ? आथाहा मानव सागरमा एकोहोरिएर टोलिदै तिम्रै निर्देशनमा दर्शककै रुपमा आफ्ना निर्दोष नजरहरुलाई भुलाई रहेको थिएँ खेल मैदानमा हैन प्रेम र द्वन्दको युद्ध मैदानमा फेरि किन युद्ध लड्न बाध्या बनायौ मलाई ? भिड्दै थिएँ म प्रेम र द्वन्द संग फेरि किन मलाई एक्लो बनायौ ? हो मैले एक्लो बस्नु थियो त पहिला किन मलाई जोडिको अपूर्ण: सुख दियौ र आज फेरि किन एक्लिएर बस्न बाध्या बनायौ ?
रवि मगर
बर्षात कहिल्यैं रोकिएला जस्तो लगेन अनि प्यास पनि कहिल्यैं मेतिएला जस्तो लगेन
बर्षात कहिल्यैं रोकिएला जस्तो लगेन अनि प्यास पनि कहिल्यैं मेतिएला जस्तो लगेन फेरि बर्षात र प्यासको दौडाईमा मलाई किन थकाईको अनुभुति भैरहेको छ, फेरि पनि मलाई यिनिहरुलाई किन पछ्याउन मन लागिरहेको छ ? यिनिहरुको द्वन्दमा किन मेरो मुटु चर्किरहेको छ ? मुटु छिया छिया भैरहेको छ कता कता कुना कुनामा दुखे झै लागिरहेको छ, खै कता कता चोट लागे झै दुखिरहेछ । कता कता बट पिडा पैदा भए झै लागिरहेछ, कता हो कता कसैको खोजिमा हिडिरहेछु तैपनि कतै पाईएला जस्तो लागिरहेको छैन, तैपनि खोज्न बाध्या छु, विवस छु, सोच्न बाध्या छु अनि विवसतामा बाँचिरहेको छु । किन मलाई प्यास लागिरहेको छ अनि किन दर्द आईरहेको छ
रवि मगर
दुवैको एउटै गन्तव्य सम्झेको छु
दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ तिम्रो अर्कै तिर गन्तव्य पनि छुट्टिइसकेको हुन सक्छ । “तर पनि म हेर्दछु टाढा सम्म तिमी मुस्कुराएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिञ्जेल सम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडे पछि भित्रि आत्माले हेरुलाँ, तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रही रहे सम्म प्रिय ........... यदि अघि बढ्न सकिनौ भने पुनं पछाडी फर्कनु जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको छ र रहिरहने छ ।” त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोप्न खोजेको छु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले तिमी समक्ष तिम्रो जीवन, तिम्रो माया भिक्षा मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात फर्काउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ जुन दिन तिमीलाई देखे सोहि दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ । त्यसैले त आज मनका भावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेखेको छु । आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ । कता–कता डर पनि लाग्दैछ । कतै तिम्रो न्यानो मायाबाट वञ्चित हुनु पर्ने त होइन भनेर । अव तिमी नै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ ।त्यसैले त ........... तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन......
जीवनका धेरै क्षणहरु कठिन मोड मै उभ्याएर हिडेको छु
जीवनका धेरै क्षणहरु कठिन मोड मै उभ्याएर हिडेको छु |सघर्षका हरेक पाइलाहरु चट्टानका थुप्राहरू बिच ठेस लाग्दै आएका छन् | पिडा, हाँसो, आँशुको संगम रहेछ जिन्दगी | पाप, धर्म ,सेवा, दुष्ट्याईको संगम रहेछ जीवन | पैसा संग जीवन साट्ने संसार रहेछ ,यहाँ त बदामको खोस्टोमा जीवन केलाईन्छ, सुन्तलाको बोक्रा संगै जीवन तासीन्छ | म आशुको सागरमा पौडिन्छु, दशौ हजार वेरोजगारीको प्रतिनिधित्त्व गर्दै | गरिबीको कारणले धेरै पढ्न पनि पाईएन, नदीको पानी जस्तै समय बिती हाल्यो | यो समय भन्ने चिजै यस्तै रहेछ, कति कठोर रहेछ | समय भोक र जिम्वेवारी भएर मेरो सामुन्ने आयो | सकिन यसलाई पाल्न, पहाड भएर उभियो सकिन ढाल्न र म निर्थक र गन्यव्यहिन यात्री भएर आफ्ना पाइलाहरु अघि बढाइरहेको छु | एक लाचार मानव जस्तै ,,,
यहाँ आँसुको मुल्य बुझ्ने कोहि छैनन् भूपी को "जुन" संग मेरो जुनीलाई दाजिरहेकोछ छ, म पनि हाँस्छु दिनमा कयौपटक र जुन हाँस्छ साँझमा | मेरो हाँसो झैँ झुटो छ उसको हाँसो पनि | भित्र भित्र हाँसेर बाहिर रुने बानीमा | फरक यत्ति छ उसको र मेरो कहानीमा ,कि उ रुन्छ र उसको आँशु शित बन्छ तर म रुन्छु मेरो आँशु गित बन्छ उही 'हस्ते हस्ते रोना सिक्यो' जस्तै | दिन त यसरी नै बितिरहेकोछ तर रात मेरो भोलिको कल्पनामा लोलाऊदै सिरानी भिज्छ | यहा देख्नेको भन्दा सुन्नेको कुरा सहि हुन्छ | ढोका भित्र को भन्दा ढोका बाहिर रहनेहरुको कुरा बिक्छ |साँचो बोल्नु र विश्वास गर्नु पाप हो किनकी यहाँ पीडा बाँचेको छ, आँशु बगेको छ, यहाँका मानिसहरुलाई रातभरी उपियाँले टोक्छन् र दिनभरी रुपैयाले | झुटो सत्य हुन्छ सत्य झुटो | यहाँ हुनेको सम्मान गरिन्छ र नहुनेको अपमान, जति उफ्रे भ्यागुता भुँईको भुँइमा जस्तै ,,,यस्तै यो संसार अनि मेरो व्यथाहरु ,,,,.
यहाँ आँसुको मुल्य बुझ्ने कोहि छैनन् भूपी को "जुन" संग मेरो जुनीलाई दाजिरहेकोछ छ, म पनि हाँस्छु दिनमा कयौपटक र जुन हाँस्छ साँझमा | मेरो हाँसो झैँ झुटो छ उसको हाँसो पनि | भित्र भित्र हाँसेर बाहिर रुने बानीमा | फरक यत्ति छ उसको र मेरो कहानीमा ,कि उ रुन्छ र उसको आँशु शित बन्छ तर म रुन्छु मेरो आँशु गित बन्छ उही 'हस्ते हस्ते रोना सिक्यो' जस्तै | दिन त यसरी नै बितिरहेकोछ तर रात मेरो भोलिको कल्पनामा लोलाऊदै सिरानी भिज्छ | यहा देख्नेको भन्दा सुन्नेको कुरा सहि हुन्छ | ढोका भित्र को भन्दा ढोका बाहिर रहनेहरुको कुरा बिक्छ |साँचो बोल्नु र विश्वास गर्नु पाप हो किनकी यहाँ पीडा बाँचेको छ, आँशु बगेको छ, यहाँका मानिसहरुलाई रातभरी उपियाँले टोक्छन् र दिनभरी रुपैयाले | झुटो सत्य हुन्छ सत्य झुटो | यहाँ हुनेको सम्मान गरिन्छ र नहुनेको अपमान, जति उफ्रे भ्यागुता भुँईको भुँइमा जस्तै ,,,यस्तै यो संसार अनि मेरो व्यथाहरु ,,,,.
मेरो जिन्दगीका रात हरु भयानक डर लाग्दो सपना देखे जस्तो भएको छ
एक अजीब दुनियाँमा एक भयानक डर लाग्दो सपना देखे जस्तो भएको छ मेरो जिन्दगीका रात हरु । आफैंमा हराएका इ कहाँनी हरु खै कहाँबाट सुरु गरुँ रुनिस्पट अध्यारो छ बाहिर ,सुनसान छन गल्लिहरु,म एकतमास्ले हिँडिरहेको छु । पछाडी बाट एकोहोरो रुपमा कुकुर हरु भुकिरहेका छन्,म लापरबाह हिँडिरहेको छु ।अन्देखी अनि अन्जानी हिँडिरहेको छु । घर (घरका बत्ती निभेका छन ।कुनै कुनै घरबाट रोएको अनि चिच्याएको आवाज आएको छ ।मलाई केहि मतलब छैन जहाँ जे सुकै होस मलाई त हिँड्नु छ बस हिँडिनै रहेँ म । एक शहर पार गरेपछी मेरो नसा पुरै उत्रीएको थियो फेरी पनि होस नसम्हाली मैले अर्को बोटल खोलिहालेँ ।यो समाजमा यो दुनियामा किन होसमा आउनु पर्यो र सबै बेहोसी हुने भए कती हुन्थ्यो यो समाज एसो सम्झन्छु म । तैपनी आफुले गर्न सक्ने त गर्नु नै पर्यो मैले हिम्मत गरेरै फेरी होस गुमाएँ । म हिँड्दै छु समय मलाई अगाडी लगाएर पछाडी बाट इसारा गर्दै छ रात र दिनको,घडिको सुइ बनी मलाई होस सम्हाल्न लाख प्रेरणाँ दिन्छ तथापी म कहाँ सुध्रने वाला छु र रुआज मैले पार गरेका शहर र भेटिएका जनमानस एक रचना हुन ईश्वरका या बनावट हुन कलाकारका मैले बेहोसिमानै इ सबैलाई हेरेँ अनि सोचेँ किन होस सम्हाल्नु मैले रुयो दुनिया मेरो लागी हुँदै होईन ।अनी म यो दुनियाको पनि होईन साएद कुनै दुनिया होला मेरो लागी बेहद अलग अनि अति सुन्दर जस्तो किमैले देख्ने गर्छु बेहोसिमा । आज हजार शहर पार गरेको छु मैले तैपनी म होस सम्हाल्न सक्ने भएकै छैन,जब मेरो होस खुल्छ म देख्छु तेही दुनिया जहाँ एकले अर्को लाई तान्डब गरेको नै देख्छु अनि बलियो ले निर्धोलाई मारेको नै देख्छु ।भरिया कुटिएको देख्छु, इस्त्री लुटिएको देख्छु, कतै भाइले दाइलाई त कतै दाइले भाइलाई मारेको नै देख्छु,प्रेम गर्ने हरुलाई जिउँदै जलाएको देख्छु,मेरो आँखा आफैँ बन्द हुन्छ मेरो कान तेसै बन्द हुन्छ,मेरो अन्तरआत्मा तेसै कुँडिएर आँउछ । आखिर जाँउ त कहाँ रुभनुँ त कहाँ रुअब त मलाई पागल भन्छ दुनिया,अनी म पनि धन्यबाद भन्छु जस्ले मलाई पागल भन्छ एक अनौठो सोचाइ आउछ मनमा अनि ति सबै बिधिको अबसान गर्दै म मेरै दुनिया मा पुग्छु जहाँ सुखै सुख छ त्यो दुनिया मैले बेहोसिमानै पाँउछु । आफुमाथीको बिसाल जिम्मेवारिलाई एक ठाँउमा थन्क्याएर म बेहोसिमानै रमाउछु ।मलाई यहाँ लड्नु छैन किन कि म सक्दिन यहाँ लड्न,चुपचाप सहन गर्न गाह्रो हुन्छ अनि आफुबाट कुनै असहज परीस्थिती उत्पन्न नहोस भन्दै आफुलाई नै हराइदिन्छु भिढ्हरुमा । एक छुट्टै देखिएको छु म । आज एक्लो भएको छु म,आज बेसहारा भएको छु म,आफैलाई खोज्नु पर्ने भ्एको छ आज । जब आफु नै छैन यहाँ त म र मेरा आदर्सका त कुनै कुरा नै भएन,अनी मेरा इ दर्शन जो एक अभिसाप बनेको छ आफ्नैलागि,आखिर कहाँ जाँउ म र मेरो दुनिया अनि अस्तित्व खोज्न ,.
रवि मगर
कल्पना हो, एक सुन्दर महल बनाएको छु
कल्पना हो, एक सुन्दर महल बनाएको छु
सपना हो, तिमि सग हरेक रात बिताएको छु
चहाना हो तिम्रो मेरो प्राप्ति सगै
तिम्रा हरेक अंग-प्रर्त्याङ्ग यि निर्दोष ओठले चुमेको छु
बर्दान हो हाम्रो माया केहि छिन पाएँ अनि
सदाको लागि गुमाएको छु
अटल हिमश्रीङ्खला हुन तिम्रा ति
जहाँ आरोहा अबरोहा गर्ने मौका पाएको छु
आशा हो तिम्रो माया, निरासमा बाँचिरहेको छु
मिठो मिलन हो केहि पलको हाम्रो माया
बाँकि त विछोड मै बिताएको छु
सपना हो, तिमि सग हरेक रात बिताएको छु
चहाना हो तिम्रो मेरो प्राप्ति सगै
तिम्रा हरेक अंग-प्रर्त्याङ्ग यि निर्दोष ओठले चुमेको छु
बर्दान हो हाम्रो माया केहि छिन पाएँ अनि
सदाको लागि गुमाएको छु
अटल हिमश्रीङ्खला हुन तिम्रा ति
जहाँ आरोहा अबरोहा गर्ने मौका पाएको छु
आशा हो तिम्रो माया, निरासमा बाँचिरहेको छु
मिठो मिलन हो केहि पलको हाम्रो माया
बाँकि त विछोड मै बिताएको छु
शनिवार, 3 सितंबर 2016
तिम्रो नाम मा सायद अन्तिम उपहार स्वरुप भाबनारुपी कोसेलीहरुको सौगात प्रेषित गरेको छु
अशान्त मन र जलिरहेको मुटुबाट भए पनी तिम्रो नाम मा सायद अन्तिम उपहार स्वरुप भाबनारुपी कोसेलीहरुको सौगात प्रेषित गरेको छु । मन त थिएन तिमीलाइ यि सब लेखेर तिम्रो ब्यक्तिगत जिबनलाइ आघात पुरयाउनु तर पनि हेरन उठिसकेका यि निर्दोष कलम ब्याकुल छन मन भित्रका बोझीला अनी चोटिला भाबना हरु निर्जिब कागज माथि बिसाउन अब बाँकी नै के रह्यो र बस एक थोपा कालो मसी र एक टुक्रा सेतो कागजमा भाबना हरु पोख्नु बाहेक यती सम्मको अधिकार त दिन्छौ होला नि हैन जब कि म सँग कुनै अधिकार नै छैन ….।
समयको यो लामो दौडान पछी आज अनायसै मायाका बेग हरु थेग्नै नसकिने भेल बनेर उर्लिएको छ तिमीले त मलाइ बिरसी सक्यौ होला म पनी तिमीलाइ बिस्रने चेस्टा गर्दै थिएँ तर आज अचानक बर्षौ बाद तिम्रो स्मृतीहरु सपनामा प्रतिबिम्ब बनेर आएको छ । त्यही नसालु नजर,मन्द मुस्कुराहट मलाइ नै जिस्काइरहेछ तिमीले त भुलीसक्यौ होला ति रंगिन गोधुली साँझहरु ..जब जब तिमीलाइ पिडा र दुखहरु आइपर्थे बिसाउने चौतारी खोज्दै मेरो समिप आँउथ्यौ म छहारी बनेर तिमीलाइ आफ्नो न्यानो काख सुम्पनथे तिमी त्यही काखमा लुटपटिएर बेदना हरु आँसुमा बगाउँथ्यौ म कति सम्हालथेँ तिम्रा ति मोतीका दाना रुपी आँसु हरु…। तिम्रा ति मुल्यहीन आँसु हरु मेरा लागी अमूल्य उपहार थिए मैले त्यही तिम्रो आसुमा आफ्नो सुन्दर भबिष्य बगाएको थिएँ म मेरो उज्यालो भबिष्य खोज्थे तिम्रो त्यो अश्रुत नयनको अनन्त गहिराइ भित्र डुबेर अझै पनि चिसै छ तिम्रा आँसुले भिजेका यि काखहरु ……॥
पुर्णीमाको रातहरुमा जुनको सितलतालाइ ओढी सपना बुन्न खोज्छु कतै तिमी मेरो अध्याँरो जिबनको रोशनी बोकेर आउँछयौ कि भनेर,बर्षातको भेल सँगै पानी बनेर बग्छु कतै तिमी समुन्द्रको गहिराइ भित्र तैरिदै छौ कि भनेर, ति अँध्यारा सुन्य रातका चम्किला ताराहरुलाइ हेर्छु कतै तिमी त्यसरी नै मलाइ चिहाइरहेकी छौ कि भनेर,बिहानीको ति सेता टलकिएका हिमशिखरहरुमा खोज्छु कतै तिमी मलाइ नै जिस्काइरहेकी छौ कि भनेर तर सब यि मेरा निरर्थक प्रयास मात्र थिए जब कि तिमी टाढा क्षितिज पारी बिलकुलै नौलो संसारमा रमाइरहेकी थियौ तिम्रो आफ्नै ब्यक्तिगत संसारमा ……॥
जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मन मसतिष्क भित्र सजिएको छ। च्यातेर फाल्न सक्दिन तिम्रा ति सुनौलो शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । भुल्न सक्दिन ति प्रेमका चौतारा हरु जहाँ मैले आफ्नो वियोगको पिडा बिसाउनु छ । न बिस्रन सक्छु ति छहराहरु जहाँ मैले जलनका आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न सक्दिन ति तिम्रा नामहरु जुन मेरो नाम सँग जोडिएको छ ।
अझै पनि तिमी प्रती कती समर्पित छु हिजो भन्दा पनि कयौं गुणा…. । आज तिमी प्रतीको माया,मोह हरु प्रगाढ भएको छ । तर पनी के गर्नु समय म भन्दा धेरै अगाडी गइसकेको छ बस अब त बिगतको मिठो स्मृतीहरुले अध्याँरो भबिष्य सजाउनु सिवाय…। तिम्रो जिन्दगीले सधैं सफलताको शिखर चुमुन म आफु विफल भएपनी तिमी हिड्ने गोरेटो फुलले सजिउन मेरो गोरेटो काँडाले भरिएपनी जिन्दगीको गोरेटोमा लरखराउदा लरखराउदै कतै ढलेछु भने श्रद्धाञजली स्वरुप एक थुँगा फुल चढाइदेउ ल । बस मात्र ……..।
शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।
यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ?
यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ?
हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।
बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।
शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना!!!,.........
शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना!!!,.........
रवि मगर
मन भित्रका शब्दहरु, सदाबाहार सम्झना स्वरुप केवल तिम्रो नाम मा
मेरो हृदयभरीको प्रेम ,अनि मन भित्रका शब्दहरु, सदाबाहार सम्झना स्वरुप केवल तिम्रो नाममा । मानसपटलमा तिम्रो याद, सुमधुर आवाज अनि तिम्रो स्मृतिहरु सल्बलाई रहन्छ । कता-कता चिसो हावाले स्पस्र गर्दा पनि तिमी यहि मेरो साथमा भएको आभास हुन्छ । फेरी कल्पनामा तिमीलाई महसुस गर्छु । तर यर्थाथता अर्कै भईदिन्छ । आखा खोल्दा सबै बिलिन भएर जान्छ, खुला आँखा ले दिउसै सपना पो देख्न पुगेछु, तिम्रो यादमा हराउदा हराउदै ।मेरो जिन्दगीमा तिम्रो आगमन नै मेरो खुसीको महत्वपूर्ण पल बन्यो ।जिन्दगीका केही पल मिठा हुन्छ भन्ने पनि आभास गरायो तिमीले । मेरो हृदयमा तिमीलाई सझाउने भाग्य त मेरो रहेनछ नै तर मेरो कुनै गुनासो हुने छैन । छोटो तिम्रो साथमा बिताएका मिठा पलहरुलाई आगामि बसन्तको पथपर्दशक बनाएर जिन्दगीको यात्रा बितेती गर्ने निर्णय गरेको छु ।एक्लै हास्छु ,एक्लै रुन्छु । कल्पनामा तिमीसंग कुरा गरि रहेको हुन्छ । तिमी नै तिमी छाइरहन्छौ हरपल हरक्षण मेरो हृदयमा । हरेक पल तिमी संग विताएका यादहरुले तिमीसंग नै भएको आभास गर्छु । तिमीले दिएको मायाको अमिट छाप मेरो हृदयमा सजाएर राखेको छु । तिमी जहाँ छौ खुशी र सुखी रहु भन्दै बिदा हुन्छु ।
रवि मगर
म जस्तो गरीबलाई घर बेघर बनाईदियौ मायाँको फूलबारीमा रम्न नपाउँदै उजाड बनाईदियौ
हुन त फूल रोज्दै बस्ने अनि रस् आउन्जेल चुस्ने, रस आउन छोडे पछी फेरी अर्कै फूलको खोजिमा लालयित हुने, भनौ चोखो आत्मालाई लत्याएर गरिबीको अपहेलना गर्ने, सम्पन्न र रुपको चर्चा परिचर्चा गर्ने नक्कली मायाँको जाल यति टाडासम्म फिँजाएर अन्त्यमा जातीत्वको कालो बिचारलाइृ मायाँको बिरुवामा खन्याएर आफू चोखिन खोज्ने स्वर्गकी परी अटुट संम्झना अनि जातीत्वको हिसाबमा म त सानो भएपनि प्रेमीको दाइत्व बहन गर्न सक्ने ..तर्फबाट धेरै-धेरै सम्झना स्वरुप मिठो मायाँ भित्र आत्मा देखिनै । सायद मेरो ठाउँमा तिमी स्वयम् थियौ भने तिमीले आत्मा हत्या गर्ने थियौ होला तिमीलाई याद छ की छैन्? मेरो हजुर तपाई मात्र हो यदी तपाइकी जीवन साथी हुन सकिन भने यो संसारमा अरु कसैकी हुने छैन । तपाइको लागी १ बर्ष त हैन दशौं बर्ष सम्म पनि पर्खाइमा अलिकति अभावको महसुस नगरी बसीरहने छु। बरु हजुरले मेरो बारेमा केही पिर लिनु पर्दैन म आमाको काखमा छु भाइको साथमा छु हाम्रो भबिश्यको लागी हजुरले दुःख गर्दै हुनुहुन्छ म पनि हजुरकी आत्मामा बसी सकेँ। मलाई श्रीप मायाँ दिनु होस् । अरु केही चाहिदैन जात भात सबै मानिसको घृणित बिचारमा मात्रै फरक हुन्छ ।तर साँच्चो मायाँ गर्ने मान्छेले कहिल्यै जात रोज्दैन एस्ले त श्रीप मा मन्दिरमा सजिएर रहन चाहन्छ मुटूको धड्कनमा मायाँलुलाई लुकाएर राखेको हुन्छ । बरु हजुरले केही पिर नलिनु मैले बनावटी मायाँको जाल फिजाएको हैन। तपाईलाई कहिल्यै घृणा गर्ने छैन संसारमा सबैले भन्दा बडी मायाँ गर्ने छु। यो संसार परिवर्तन होला तर तपाइकी ... कहिल्यै फेरिनेछैन। बरु तपाईको कमाई त्यहाँ अरुले खाइदेलान्। त्यो भन्दा राम्रो मेरो खातामा दुःख गरेर कमाएको पसिनाको मोल पठाइ दिनुहोस् म कुनै पनि राम्रो व्यवशाय चलाउँदै गर्छु। अरु एक बर्षपछी त हजुर आउनु हुनेछ त्यसपछी हामी एक अर्काको अंगालोमा हराउने छौ। सपनाको सुन्दर बस्तीमा मायाँको विरुवा हुर्काउने छौँ । यस्ता-यस्ता खोक्रा आश्वसन दिलाएर म सोझो गरिबलाई जिन्दगीभर दुनियाँको अगाडी उभिन लायकबाट बन्चीत गरायौ। मेरो पसिनाको मोल तिम्रो नाउँमा पठाउँन बाध्यता गरायौ। आज तिम्रो लागी मेरो पसिनाको मोल त गयो। गयो, मेरो लागी तिमीले दिएको बिछोडको उपहारले मरेतुल्य भएको छु म। तिम्रो नक्कली मायाँलाई संक्कली मायाँको रुप दिएर धेरै ठूलो गल्ती गरेछु। म त खाडी मुलुकमा चर्को घाम धुलो धुवा संग मिसीएर पसिनाको पर्वाह नगरी पापीनीको खुशीको लागी रुपीयाँको बिट्टो पठाउन। जति दुःख गरे पनि आफै गर्नेछु, जति रोएपनि आफै रुनेछु, तर तिमीलाई संसारमा सबैले भन्दा धेरै सुख्ख दिने बाचा गर्छु।यिनै शब्दहरु पत्रमा पोखिन्थे। म पागल, उन्को शब्द सुन्न नपाउँदा एकान्तमा टोलाउने गथ्र्ये प्रतेक दिन टेलिफोनमा भेट हुनु पथ्र्यो। यदी मैले कुनै काम बिशेषले बिर्सिए भने तिमीले उतैबाट फोन गथ्यौ बुढापाकाहरु भन्ने गर्थे धेरै मायाँ सुरुमा गर्यो भने जीवनको अन्तिम घडी सम्म नहुन सक्छ। त्यही बुढापाकाहरुको भनाईलाई बैगुनी प्रेयसी ... यथार्थमा बदलीदिन्छौ भनेर कल्पनासम्म गर्न सकिरहेको थिइन। तर आज त्यही मायाँलु अनुहारमा राक्षसी भावनाले लपेटीएछ। तिमी जातीमा ठूली थियौ, ... खान्दानकी तर अवसोच तिम्रो कोमल छातीमा छलकपटको पहराले ढाकेको होला भनेर म ढुक्क हुन पनि सकिन। म त श्रीप तिम्रो लागि खाडीको बगरमा पल पल मर्दै भए पनि पसिनाले पैसा साट्न हरहमेशा लल्लिन रहेँ । हुन त तिमीलाई फरक नपर्न सक्छ । म जस्तो गरीबलाई घर बेघर बनाईदियौ मायाँको फूलबारीमा रम्न नपाउँदै उजाड बनाईदियौ
रवि मगर
हाल - दोहा कतार
सोमवार, 29 अगस्त 2016
वाथ रोग, पत्थरी, दाद, चिलाउने रोग, सेतो धुवी जस्ता अनेकौँ रोग निर्मुल बनाउन सबैभन्दा अचुक औषधी बकाईनो !
बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो । एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छ ।
– वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।
– चिलाउने रोगमा: बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
– दाद रोगमा: पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
– पत्थरी रोगमा: बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।
– जुका परेमा: बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म बढी भएमा: बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म रोकिएमा: बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
– गर्भाशय शुद्धिका लागि: बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ । - See more at: http://www.dcnepal.com/news/news.php?nid=231348#sthash.wZCvASDh.dpuf
– वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।
– चिलाउने रोगमा: बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
– दाद रोगमा: पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
– पत्थरी रोगमा: बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।
– जुका परेमा: बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म बढी भएमा: बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म रोकिएमा: बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
– गर्भाशय शुद्धिका लागि: बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ । - See more at: http://www.dcnepal.com/news/news.php?nid=231348#sthash.wZCvASDh.dpuf
शनिवार, 27 अगस्त 2016
समयको खेल पनि कस्तो अचम्म छ
समयको खेल पनि कस्तो अचम्म छ है!के सोचेको थिए तर के भयो आज समयले नै तिमी संग भेट गरायो समयले नै तिमी देखी टाढा पुरायो। आज तिमी देखी म सात समुन्द्र पारी बिरानो बस्ती मा रहे पनि हरपल हरक्षण मेरो ढुकढुकी बनेर धड्की रहन्छ्यो तिमी मेरो मनको मझेरी मा बसी रहेकी छ्यौ।तिमीलाई नसम्झेको त्यस्तो कुनै पल छैन सानु तिम्रो तस्बीर यो मेरो आखाँ मा कैड गरी राखेको छु सानु अरुले जस्तो सुन चादी हिरा मोतीले सजाएर महलमा राख्न त म सक्दिन तर बाचाँ गर्छु सानु आफुले लाखौ चोट सहेर पनि तिमीलाई यो मेरो झुपडीमा सारा खुशी दिनेछु।यो जन्म त के सयौ जन्म जन्म सम्म पनि म तिमीलाई साथ दिनेछु सानु,जिन्दगीको कुनै मोडमा तिम्रो खुशीको लागी मृत्युलाई अंगाल्न परे पनि हाँसी-हाँसी अंगाल्ने छु।तिमी हिड्ने बाटो भरी फूलै फूल बिछ्याउँन त नसकुँला तर बाचाँ गर्छु सानु तिमी हिड्दा तिम्रो सामु पर्ने हरेक काडाँहरुलाई पन्छाई दिनेछु।यति धेरै माया गर्छु कि म तिमीलाई »»»'तिमी मा पर्ने हरेक प्रहारहरु मैले हाँसी-हाँसी छातीमा थापि दिने छु'«««अब केहि दिन प्रतिक्षा गर सानु तिम्रो सारा खुशी लिएर आउँदैछ यो pitambar पर्खी बस सानु मुल बाटो हेरेर तिम्रो pitambar लाई सधै तिम्रै होll
पितम्बर पुरी
शुक्रवार, 26 अगस्त 2016
एस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाइको ठुलो हात हुन्छ ।
श्रीमान श्रीमति एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतिले भनिछन ।
श्रीमति :
कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो एस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ?
श्रीमान:
म.. म... म आमालाई लिन गएको थिए । आमा अब एही बस्नु हुन्छ । यो झोला आमको हो । एस्मा आमको कपडा हरु छ ।
श्रीमति (रिसले जुर्मुराउदै) :
दिमाग त सही छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्यो र ? हजुर कै दाजु भाइले हेरी हाल्छन नि, तेसै माथी हजुरको तलब ले के नै हुन्छ र ? छोरा छोरी लाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यि बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न ।
श्रीमान:
तेस्तो न भन, आमाको सेवा गर्नी त हाम्रो धर्म र कर्तब्य हो नि ।
श्रीमति:
आफै बाच्न धौ धौ परेको बेलामा म त सक्दिन । एती भन्दै श्रीमतिले श्रीमानको हात बाट झोला खोसेर बाहिर लगेर फालिदिन्छे । अनि एसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउछे र श्रीमान लाई भन्छे...
...अगिनै भन्न पर्दैन ? मेरो आमा हो भनेर ।
श्रीमान:
श्रीमान:
तिमीले मलाई बोल्नी मौका का दियौ र ? एकोहोरो आफु मात्र बोलेको बोलै । तिम्रो दाई र भाउजुले तिम्रो आमालाई घर बाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाएर म अफिस न गै कन आमालाई लिन गएको थिए ।
श्रीमति (मुस्कुराउदै)
कती जाती र बुझ्नि हुनु हुन्छ है मेरो प्यारो बुढो । (एती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे)
(एस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाइको ठुलो हात हुन्छ । जुन घरमा नारी समझदार, दयालु र बुद्धिमानी हुन्छे । त्यो घर आफैमा स्वोर्ग हो । सबैले बुझ्न जरुरी छ)
शनिवार, 20 अगस्त 2016
पीडा कहिल्यै मेटिएन
आँसु बने सागर, किनारा कतै देखिएन पीडाको सागरमा डुबिरहेँ मोती कतै भेटिएन । बुझाउन सम्झाउन यो मन, भाषा कुनै भेटिएन अथाह पीडा पोख्न, शब्द कुनै भेटिएन । भाग्यको खेल अनौठो कर्म दासी हुदोरहेछ भाग्य भयो बैरी दुःखले कहिल्यै साथ छोडेन । मृत्युसँग जीवन साट्ने, चाहाना धेरै भयो चाहाना मेट्ने बाटो खोजे, तर समयले साथ दिएन । जीवनको पाइला सँगै पीडाले सधै पछ्याइरह्यो पाइलासँग छाया मेटियो त
र पीडा कहिल्यै मेटिएन.....
रवि मगर
र पीडा कहिल्यै मेटिएन.....
रवि मगर
तिमी विनाको एक्लो जीवन
तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन।
खुशी बिनाको खोक्रो हासो , हास्नु कती दिन।।
तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।
सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन।।
खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन ।।
टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।
खुशी बिनाको खोक्रो हासो , हास्नु कती दिन।।
रवि मगर
तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।
सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन।।
खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन ।।
टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।
जलाउन सक्दिन हाम्रो माया
- जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मन मसतिष्क भित्र सजिएको छ। च्यातेर फाल्न सक्दिन तिम्रा ति सुनौलो शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । भुल्न सक्दिन ति प्रेमका चौतारा हरु जहाँ मैले आफ्नो वियोगको पिडा बिसाउनु छ । न बिस्रन सक्छु ति छहराहरु जहाँ मैले जलनका आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न स क्दिन ति तिम्रा नामहरु जुन मेरो नाम सँग जोडिएको छ ।
शुक्रवार, 19 अगस्त 2016
सीखा मैंने जीना जीना कैसे जीना
प्रकाश सुनार "अन्जान " = हाम्रो गाउँ
हाम्रो गाउँ
======
नवलपरासी को पाहाडी भेगमा
त्यो शान्त काली नदी को किनारमा
वारिपरी हरियाली बनको बिचमा
रमाई रहेछ हाम्रो गाउँ
==================
पुर्व हेर्यो छ डेढगाउँ पश्चिम हेर्यो
छ बाकामलाङ्ग को डमरा गाउँ
दक्षिण हेर्यो रुचाङ्ग गाउँ उत्तर
हेर्यो घिरिङ्ग सुन्धारा को बन्टार
गाउँ त्यही बिचमा रमाई रहेछ हाम्रो
गाउँ
=====================
छ त्यहा वारी ठुलो टार
पारी छ त्यो खुकुरी टार
सुन्दर आँप का बगैँचाका बिचमा रमाई रहेछ हाम्रो गाउँ ===================== हेर माथि गेरू भिर बाट बग्ने खहरे खोला छ पुर्व हेर बजादी खोला छ बिचमा चिसो पानी खोला छ त्यही बिचमा रमाई रहेछ हाम्रो गाउँ ====================== बदली रहेछ समय संगै पुगिसकेको छ बाटो बिजुली गर्दै छन बिकास गाउँ भरी बढाउदै छन चहल पहल पुग्नु है साथी एकपल्ट हाम्रो गाउँ सुन्दर प्रकृति संग रमाई रहेछ हाम्रो गाउँ ====================== प्रकाश सुनार "अन्जान " रकुवा ३ नवलपरासी हाल कतार
सुन्दर आँप का बगैँचाका बिचमा रमाई रहेछ हाम्रो गाउँ ===================== हेर माथि गेरू भिर बाट बग्ने खहरे खोला छ पुर्व हेर बजादी खोला छ बिचमा चिसो पानी खोला छ त्यही बिचमा रमाई रहेछ हाम्रो गाउँ ====================== बदली रहेछ समय संगै पुगिसकेको छ बाटो बिजुली गर्दै छन बिकास गाउँ भरी बढाउदै छन चहल पहल पुग्नु है साथी एकपल्ट हाम्रो गाउँ सुन्दर प्रकृति संग रमाई रहेछ हाम्रो गाउँ ====================== प्रकाश सुनार "अन्जान " रकुवा ३ नवलपरासी हाल कतार
गुरुवार, 18 अगस्त 2016
हराउँदै छ माया ममता
त्यो पन्छि त्यो जनवार
यो मानव हेर रगत रातै छ
हेर जनवार पन्छि को ब्यबहार
कति मायाँ ममता छ कति राम्रो
सम्बन्ध छ बिस्वास छ
मानव मा हेर जताततै जतासुकै
कलह छ बिग्रिएको भताभूङ्ग
भएको सम्बन्ध छ
जताततै स्वार्थ भाव ले ओतप्रोत छ
छि घृणा लाग्छ मलाई देखेर मानव रुपि
दानव हरु देखेर
लुछाचुणी गर्दैछन् थोत्रो आडम्बर का
हड्डि हरु
किन बुझ्दैन मानव ले ति मायाँ
ममता हरु लाई.....
किन हुन्छ मानव भित्र बिभेद हरु
किन आफ्नै लाई बौरी बनाउदै छ
उसलाई खाई सक्यो घमण्ड ले बुझेको छैन अझै रगतको होली खेल्दै छन भिडदै छन लडाईँ गर्दै छन दुष्ट मानव का हुल हरु देखेर तिन्का आचरण देखेर घृणा लाग्छ आजभोलि हेर सिक त्यो जनावर पन्छि ब्यबहार खै किन मानव यस्तो हुदैछ निर्दयी बन्दै छ ? मायाँ ममता खै कतै देखि दैन प्रकाश घिमिरे सुनार रकुवा ३ नवलपरासी हाल कतारमायाँ का कुरा
मायाँ का कुरा
पाएँ मायाँ हजारौँ को छैन भर कोही कसैको
दिए मायाँ कसैलाई आज मुटु दुख्ने घाउ भो
दिए मायाँ कसैलाई आज मुटु दुख्ने घाउ भो
भन्थेउ तिम्रै नामको सिन्दुर पोते तिम्रै नामको चुरा
छोडी जाने निष्ठुरी रैछ धेरै मिठा मिठा कुरा
छोडी जाने निष्ठुरी रैछ धेरै मिठा मिठा कुरा
मन भित्र राख्दा पनि आफै हो भन्दा पनि
गयौ किन आज तिमी यति सारो निष्ठुरी नै बनि
गयौ किन आज तिमी यति सारो निष्ठुरी नै बनि
मनले मनलाई नबुझे पछि बाचा कसम तोडे पछि
सताउने छ तिमीलाई समयले डाँडै काटि सकेपछि
सताउने छ तिमीलाई समयले डाँडै काटि सकेपछि
भन्थेउ तिम्रै नामको सिन्दुर पोते तिम्रै नामको चुरा
छोडी जाने निष्ठुरी रैछ धेरै मिठा मिठा कुरा
छोडी जाने निष्ठुरी रैछ धेरै मिठा मिठा कुरा
रकुवा ३ नवलपरासी
धागो छिनेको चङ्गा भए मन गाँसुम कसरी
धागो छिनेको चङ्गा भए मन गाँसुम कसरी
रुँम भनेनी आँशु छैन् झन हाँसुम् कसरी
मन भरि चोट बोकी झन बाँचुम कसरी तिम्रो आकाश उस्तै उस्तै मेरो धर्ति जस्तै
भत्काइहाल्यौ आँगन मेरो झन नाँचुम कसरी
सँग संगै गर्छु भन्थ्यौ नमेटिने यात्रा हाम्रो
धागो छिनेको चङ्गा भए मन गाँसुम कसरी
सदस्यता लें
संदेश (Atom)