बाध्यता संगै पराई ठाउँ को यात्रा मा भोग्नु परे को पिडा, कथा, बेथा, भावना,गजल, कविता, लेख को संग्रह
रविवार, 4 सितंबर 2016
मेरो जिन्दगीका रात हरु भयानक डर लाग्दो सपना देखे जस्तो भएको छ
एक अजीब दुनियाँमा एक भयानक डर लाग्दो सपना देखे जस्तो भएको छ मेरो जिन्दगीका रात हरु । आफैंमा हराएका इ कहाँनी हरु खै कहाँबाट सुरु गरुँ रुनिस्पट अध्यारो छ बाहिर ,सुनसान छन गल्लिहरु,म एकतमास्ले हिँडिरहेको छु । पछाडी बाट एकोहोरो रुपमा कुकुर हरु भुकिरहेका छन्,म लापरबाह हिँडिरहेको छु ।अन्देखी अनि अन्जानी हिँडिरहेको छु । घर (घरका बत्ती निभेका छन ।कुनै कुनै घरबाट रोएको अनि चिच्याएको आवाज आएको छ ।मलाई केहि मतलब छैन जहाँ जे सुकै होस मलाई त हिँड्नु छ बस हिँडिनै रहेँ म । एक शहर पार गरेपछी मेरो नसा पुरै उत्रीएको थियो फेरी पनि होस नसम्हाली मैले अर्को बोटल खोलिहालेँ ।यो समाजमा यो दुनियामा किन होसमा आउनु पर्यो र सबै बेहोसी हुने भए कती हुन्थ्यो यो समाज एसो सम्झन्छु म । तैपनी आफुले गर्न सक्ने त गर्नु नै पर्यो मैले हिम्मत गरेरै फेरी होस गुमाएँ । म हिँड्दै छु समय मलाई अगाडी लगाएर पछाडी बाट इसारा गर्दै छ रात र दिनको,घडिको सुइ बनी मलाई होस सम्हाल्न लाख प्रेरणाँ दिन्छ तथापी म कहाँ सुध्रने वाला छु र रुआज मैले पार गरेका शहर र भेटिएका जनमानस एक रचना हुन ईश्वरका या बनावट हुन कलाकारका मैले बेहोसिमानै इ सबैलाई हेरेँ अनि सोचेँ किन होस सम्हाल्नु मैले रुयो दुनिया मेरो लागी हुँदै होईन ।अनी म यो दुनियाको पनि होईन साएद कुनै दुनिया होला मेरो लागी बेहद अलग अनि अति सुन्दर जस्तो किमैले देख्ने गर्छु बेहोसिमा । आज हजार शहर पार गरेको छु मैले तैपनी म होस सम्हाल्न सक्ने भएकै छैन,जब मेरो होस खुल्छ म देख्छु तेही दुनिया जहाँ एकले अर्को लाई तान्डब गरेको नै देख्छु अनि बलियो ले निर्धोलाई मारेको नै देख्छु ।भरिया कुटिएको देख्छु, इस्त्री लुटिएको देख्छु, कतै भाइले दाइलाई त कतै दाइले भाइलाई मारेको नै देख्छु,प्रेम गर्ने हरुलाई जिउँदै जलाएको देख्छु,मेरो आँखा आफैँ बन्द हुन्छ मेरो कान तेसै बन्द हुन्छ,मेरो अन्तरआत्मा तेसै कुँडिएर आँउछ । आखिर जाँउ त कहाँ रुभनुँ त कहाँ रुअब त मलाई पागल भन्छ दुनिया,अनी म पनि धन्यबाद भन्छु जस्ले मलाई पागल भन्छ एक अनौठो सोचाइ आउछ मनमा अनि ति सबै बिधिको अबसान गर्दै म मेरै दुनिया मा पुग्छु जहाँ सुखै सुख छ त्यो दुनिया मैले बेहोसिमानै पाँउछु । आफुमाथीको बिसाल जिम्मेवारिलाई एक ठाँउमा थन्क्याएर म बेहोसिमानै रमाउछु ।मलाई यहाँ लड्नु छैन किन कि म सक्दिन यहाँ लड्न,चुपचाप सहन गर्न गाह्रो हुन्छ अनि आफुबाट कुनै असहज परीस्थिती उत्पन्न नहोस भन्दै आफुलाई नै हराइदिन्छु भिढ्हरुमा । एक छुट्टै देखिएको छु म । आज एक्लो भएको छु म,आज बेसहारा भएको छु म,आफैलाई खोज्नु पर्ने भ्एको छ आज । जब आफु नै छैन यहाँ त म र मेरा आदर्सका त कुनै कुरा नै भएन,अनी मेरा इ दर्शन जो एक अभिसाप बनेको छ आफ्नैलागि,आखिर कहाँ जाँउ म र मेरो दुनिया अनि अस्तित्व खोज्न ,.
रवि मगर
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें