बाध्यता संगै पराई ठाउँ को यात्रा मा भोग्नु परे को पिडा, कथा, बेथा, भावना,गजल, कविता, लेख को संग्रह
शनिवार, 3 सितंबर 2016
म जस्तो गरीबलाई घर बेघर बनाईदियौ मायाँको फूलबारीमा रम्न नपाउँदै उजाड बनाईदियौ
हुन त फूल रोज्दै बस्ने अनि रस् आउन्जेल चुस्ने, रस आउन छोडे पछी फेरी अर्कै फूलको खोजिमा लालयित हुने, भनौ चोखो आत्मालाई लत्याएर गरिबीको अपहेलना गर्ने, सम्पन्न र रुपको चर्चा परिचर्चा गर्ने नक्कली मायाँको जाल यति टाडासम्म फिँजाएर अन्त्यमा जातीत्वको कालो बिचारलाइृ मायाँको बिरुवामा खन्याएर आफू चोखिन खोज्ने स्वर्गकी परी अटुट संम्झना अनि जातीत्वको हिसाबमा म त सानो भएपनि प्रेमीको दाइत्व बहन गर्न सक्ने ..तर्फबाट धेरै-धेरै सम्झना स्वरुप मिठो मायाँ भित्र आत्मा देखिनै । सायद मेरो ठाउँमा तिमी स्वयम् थियौ भने तिमीले आत्मा हत्या गर्ने थियौ होला तिमीलाई याद छ की छैन्? मेरो हजुर तपाई मात्र हो यदी तपाइकी जीवन साथी हुन सकिन भने यो संसारमा अरु कसैकी हुने छैन । तपाइको लागी १ बर्ष त हैन दशौं बर्ष सम्म पनि पर्खाइमा अलिकति अभावको महसुस नगरी बसीरहने छु। बरु हजुरले मेरो बारेमा केही पिर लिनु पर्दैन म आमाको काखमा छु भाइको साथमा छु हाम्रो भबिश्यको लागी हजुरले दुःख गर्दै हुनुहुन्छ म पनि हजुरकी आत्मामा बसी सकेँ। मलाई श्रीप मायाँ दिनु होस् । अरु केही चाहिदैन जात भात सबै मानिसको घृणित बिचारमा मात्रै फरक हुन्छ ।तर साँच्चो मायाँ गर्ने मान्छेले कहिल्यै जात रोज्दैन एस्ले त श्रीप मा मन्दिरमा सजिएर रहन चाहन्छ मुटूको धड्कनमा मायाँलुलाई लुकाएर राखेको हुन्छ । बरु हजुरले केही पिर नलिनु मैले बनावटी मायाँको जाल फिजाएको हैन। तपाईलाई कहिल्यै घृणा गर्ने छैन संसारमा सबैले भन्दा बडी मायाँ गर्ने छु। यो संसार परिवर्तन होला तर तपाइकी ... कहिल्यै फेरिनेछैन। बरु तपाईको कमाई त्यहाँ अरुले खाइदेलान्। त्यो भन्दा राम्रो मेरो खातामा दुःख गरेर कमाएको पसिनाको मोल पठाइ दिनुहोस् म कुनै पनि राम्रो व्यवशाय चलाउँदै गर्छु। अरु एक बर्षपछी त हजुर आउनु हुनेछ त्यसपछी हामी एक अर्काको अंगालोमा हराउने छौ। सपनाको सुन्दर बस्तीमा मायाँको विरुवा हुर्काउने छौँ । यस्ता-यस्ता खोक्रा आश्वसन दिलाएर म सोझो गरिबलाई जिन्दगीभर दुनियाँको अगाडी उभिन लायकबाट बन्चीत गरायौ। मेरो पसिनाको मोल तिम्रो नाउँमा पठाउँन बाध्यता गरायौ। आज तिम्रो लागी मेरो पसिनाको मोल त गयो। गयो, मेरो लागी तिमीले दिएको बिछोडको उपहारले मरेतुल्य भएको छु म। तिम्रो नक्कली मायाँलाई संक्कली मायाँको रुप दिएर धेरै ठूलो गल्ती गरेछु। म त खाडी मुलुकमा चर्को घाम धुलो धुवा संग मिसीएर पसिनाको पर्वाह नगरी पापीनीको खुशीको लागी रुपीयाँको बिट्टो पठाउन। जति दुःख गरे पनि आफै गर्नेछु, जति रोएपनि आफै रुनेछु, तर तिमीलाई संसारमा सबैले भन्दा धेरै सुख्ख दिने बाचा गर्छु।यिनै शब्दहरु पत्रमा पोखिन्थे। म पागल, उन्को शब्द सुन्न नपाउँदा एकान्तमा टोलाउने गथ्र्ये प्रतेक दिन टेलिफोनमा भेट हुनु पथ्र्यो। यदी मैले कुनै काम बिशेषले बिर्सिए भने तिमीले उतैबाट फोन गथ्यौ बुढापाकाहरु भन्ने गर्थे धेरै मायाँ सुरुमा गर्यो भने जीवनको अन्तिम घडी सम्म नहुन सक्छ। त्यही बुढापाकाहरुको भनाईलाई बैगुनी प्रेयसी ... यथार्थमा बदलीदिन्छौ भनेर कल्पनासम्म गर्न सकिरहेको थिइन। तर आज त्यही मायाँलु अनुहारमा राक्षसी भावनाले लपेटीएछ। तिमी जातीमा ठूली थियौ, ... खान्दानकी तर अवसोच तिम्रो कोमल छातीमा छलकपटको पहराले ढाकेको होला भनेर म ढुक्क हुन पनि सकिन। म त श्रीप तिम्रो लागि खाडीको बगरमा पल पल मर्दै भए पनि पसिनाले पैसा साट्न हरहमेशा लल्लिन रहेँ । हुन त तिमीलाई फरक नपर्न सक्छ । म जस्तो गरीबलाई घर बेघर बनाईदियौ मायाँको फूलबारीमा रम्न नपाउँदै उजाड बनाईदियौ
रवि मगर
हाल - दोहा कतार
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें