बाध्यता संगै पराई ठाउँ को यात्रा मा भोग्नु परे को पिडा, कथा, बेथा, भावना,गजल, कविता, लेख को संग्रह
रविवार, 4 सितंबर 2016
एक्लै बासिरहेको छु पीर वेथामा बर्षातको झरि झै बार्षिएको तितो सत्यले भरिएको नुनिलो दुई थोपा आँसु पिउदै असफल मायाको प्यास मेटाउने आशाहरुमा
एक्लै बासिरहेको छु पीर वेथामा बर्षातको झरि झै बार्षिएको तितो सत्यले भरिएको नुनिलो दुई थोपा आँसु पिउदै असफल मायाको प्यास मेटाउने आशाहरुमा । कता कता पतझडमा झरेको पात झै हावामा उडे झै लाग्छ यो मन, मनमस्तिकस् हरु त्यसै त्यसै सोच्न नसकिने गरि शिथिल भए जस्तै लाग्छ, कतै घना जंगलमा हराए झै लाग्छ, कतै पानी नै पानीले भरिएको समुन्द्र बिचमा खस्ना लागे झै यो मन त्यसै त्यसै डराईरहेको छ । डरले होला पसिना चिपचिप्ति चुईरहेको छ, जिऊ भरि आगो लागे झै भतभति पोलिरहेको छ, यो भित्रि मन जलेर खरानि भए झै लागिरहेको छ, नयनहरु वारिपारि बिजुलि जम्के झै चम्किरहेको छ, आँङ भरि बिजिलि करेन्ट लागे झै झिरिङ झिरिङ भैरहेको छ, हात गोडाहरु डरले होला व्यर्थै लकलक्ति काँपिरहेको छ किन मलाई यस्तो भान भैरहेको छ कसैले मेरो केहि खोसेर लगे जस्तै लागिरहेको छ ? किन आज माया प्रेम र जिन्दगिको अर्थ विनाको परिधिमा मेरो यो मन अल्झिरहेको छ ? किन माया प्रितमा यस्तै हुन्छ त ? यो संसारम जस्को कुनै सिमा छैन, नाप तौल अनि कुनै प्रमाणा छैन फेरि पनि किन माया र जिवानको यति गाढा सम्बन्ध छ त ? र यि दुई को द्वन्दमा किन कसैले शन्क्ति पाउन सकिरहेको छैन त ? किन अकाश गर्झे झै गर्झिरहेको छ ?? किन माया प्रेममा अविरल बगिरहने खोलिको दुई किनारा झै बगिरहनु परेको छ ?
रवि मगर
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें