बाध्यता संगै पराई ठाउँ को यात्रा मा भोग्नु परे को पिडा, कथा, बेथा, भावना,गजल, कविता, लेख को संग्रह
शनिवार, 3 सितंबर 2016
मन भित्रका शब्दहरु, सदाबाहार सम्झना स्वरुप केवल तिम्रो नाम मा
मेरो हृदयभरीको प्रेम ,अनि मन भित्रका शब्दहरु, सदाबाहार सम्झना स्वरुप केवल तिम्रो नाममा । मानसपटलमा तिम्रो याद, सुमधुर आवाज अनि तिम्रो स्मृतिहरु सल्बलाई रहन्छ । कता-कता चिसो हावाले स्पस्र गर्दा पनि तिमी यहि मेरो साथमा भएको आभास हुन्छ । फेरी कल्पनामा तिमीलाई महसुस गर्छु । तर यर्थाथता अर्कै भईदिन्छ । आखा खोल्दा सबै बिलिन भएर जान्छ, खुला आँखा ले दिउसै सपना पो देख्न पुगेछु, तिम्रो यादमा हराउदा हराउदै ।मेरो जिन्दगीमा तिम्रो आगमन नै मेरो खुसीको महत्वपूर्ण पल बन्यो ।जिन्दगीका केही पल मिठा हुन्छ भन्ने पनि आभास गरायो तिमीले । मेरो हृदयमा तिमीलाई सझाउने भाग्य त मेरो रहेनछ नै तर मेरो कुनै गुनासो हुने छैन । छोटो तिम्रो साथमा बिताएका मिठा पलहरुलाई आगामि बसन्तको पथपर्दशक बनाएर जिन्दगीको यात्रा बितेती गर्ने निर्णय गरेको छु ।एक्लै हास्छु ,एक्लै रुन्छु । कल्पनामा तिमीसंग कुरा गरि रहेको हुन्छ । तिमी नै तिमी छाइरहन्छौ हरपल हरक्षण मेरो हृदयमा । हरेक पल तिमी संग विताएका यादहरुले तिमीसंग नै भएको आभास गर्छु । तिमीले दिएको मायाको अमिट छाप मेरो हृदयमा सजाएर राखेको छु । तिमी जहाँ छौ खुशी र सुखी रहु भन्दै बिदा हुन्छु ।
रवि मगर
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें